आन्तरिक हवाई भाडादरमा एकरूपता कायम गरिने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई भाडादरमा एकरूपता कायम गरिने बताएका छन् । विदेशी र विदेशी पर्यटकका लागि हवाई टिकट मूल्यको एकरूपता कायम गर्न छलफल जारी रहेको जानकारी दिँदै उनले यथाशीघ्र कार्यान्वयन गरिने बताएका हुन् ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले यो विषय महत्वपूर्ण भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेको बताए । यस्तै, उनले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको उल्लेख गरे । होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा विकास गर्न पनि पहल भइरहेको बताए । होटललाई उद्योगको मान्यता दिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
यसैगरी मन्त्री पाण्डेले भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड सो’सहित प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको बताए । पर्यटन मन्त्रालयले नेपालको संविधान, सोह्रौँ योजना, नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानुनहरू, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटन रणनीतिक गुरुयोजना (२०१६–२०२५) का आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय उपजहरूका बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू निरन्तररूपमा कार्यान्वयन गर्दै आएको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट ती गन्तव्यहरूमा पूर्वाधार निर्माण थालिएको तथा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको उनले बताए ।
पर्यटन क्षेत्रको सम्भाव्यता व्यापक रहे पनि यस क्षेत्रमा बजेट पर्याप्त हुन नसकेको उनको भनाइ थियो । पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सात वटा प्रदेशलाई लक्षित गरेर ‘सात प्रदेश सात गन्तव्य’ कार्यक्रम, ‘इको हिल टुरिज्म’लगायत पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू यो वर्षको बजेटमा समावेश गरिएका छन् । खप्तड क्षेत्र पर्यटन विकासको मुख्य आधार तथा पर्यटकको मनोरम गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पाण्डेले यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले विभिन्न पूर्वाधार विकास गर्न लगानी गरिरहेको बताए । पूर्वाधार निर्माणमा रकम विनियोजन गरी खप्तड क्षेत्र कोष स्थापना गर्ने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया