सडक दुर्घटना रोक्न विद्यालयस्तरमै नियम सिकाउँदै ट्राफिक प्रहरी
दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराई विगत तीन महिनादेखि विद्यालयहरूमा ट्राफिक सचेतना कार्यक्रम लिएर घुमिरहेका छन् । सडक दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
पछिल्ला दिनहरूमा दैनिक सवारी दुर्घटनाका घटना वृद्धि हुने गरेको छ । दुर्घटना रोक्न विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको भट्टराई बताउँछन् । गत वैशाखमा सप्तरीबाट सरुवा भई दोलखा आएर ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएका उनले तीन महिनाको अवधिमा करिब दुई दर्जन विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिसकेका छन् । उनले विद्यार्थीहरूलाई सवारी यात्रा गर्दा ध्यान दिनुपर्ने ट्राफिक नियमको पालना, नियम उल्लङ्घन गर्दा हुने दुर्घटना तथा कारबाही, जेब्राक्रस गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना दिने गरेको बताए । सचेतना कक्षामा विद्यार्थीहरूले विभिन्न जिज्ञासा र प्रश्नहरू सोधेको ट्राफिक प्रमुख भट्टराईले बताए ।
विद्यार्थीहरूलाई सवारीसाधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, भिडभाडमा सवारी चलाउँदा ध्यान दिनुपर्ने, सडक बत्ति, सडकपेटीमा हिँड्दा पैदल यात्रीले ध्यान दिनुपर्नेलगायतका विषयमा जानकारी गराइएको छ । साथै, विद्यालयमा सिकेका कुराहरू परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको भट्टराईले बताए । यहाँका चारवटा पालिका झन्डै दुई दर्जन विद्यालयमा पुगेर सो कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको योजनाअनुसार हालसम्म तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकामा सो कार्यक्रम सञ्चालन गरिएको छ । साथै, जिल्लाका अन्यपालिकाका सामुदायिक विद्यालयहरूमा पनि सो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया