Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशचाडपर्व नजिकिँदै जाँदा बढ्यो अवैध कपडाको खुलेआम आयात

चाडपर्व नजिकिँदै जाँदा बढ्यो अवैध कपडाको खुलेआम आयात


विराटनगर । हिन्दु धर्मालम्बीका चाडपर्व सुरु भएसँगै बढ्न थालेको कपडालगायत सामग्रीको मागलाई पूर्ति गर्न पूर्वी नेपालमा अवैध बाटो अपनाउन थालिएको छ । नेपाल–भारत खुला सीमा नाकाबाट हुने भन्सार राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज बातावरण बनाउन लागि परेपछि कपडा तस्करी बढ्न थालेको हो ।

विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाका बेलुका ८ बजेपछि प्रहरीकै सेटिङमा कपडा तस्करीका लागि उर्वर नाका बन्न थालेको छ । कोशी प्रदेशको राजधानी विराटनगर बजारमा कपडाको व्यापार गर्दै आएका व्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नसक्ने गरी व्यावसायिक वातावरण नै बिगारेको आरोप लगाउने गरेका छन् । एलसी खोल्न नसक्ने बताउने विराटनगरलगायत पूर्वी बजारका कपडा व्यापारीहरूले अवैधरूपमा कपडा आयातको धन्धा गर्नेसँग कपडाको माग गर्न थालेका छन् । सोपछि अवैध बाटो हुँदै कपडाको आयात बढेको हो । हाल रात पर्नासाथ विराटनगरको पुरानो भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका अवैध कपडा आयातका लागि प्रमुख केन्द्र बन्न थालेको छ ।

समाचार स्रोतका अनुसार विराटनगरबाट केही व्यापारीहरू पछिल्लो समय नयाँ–नयाँ ब्रान्डका कपडा आयातमा सक्रिए देखिएसँगै सशस्त्र प्रहरीको बीओपीले समेत अवैध कपडा आयातमा सहयोग गर्ने गरेको खुलेको हो । भन्सारमा रजिस्ट्रर नभएका विभिन्न ब्रान्डका कपडाहरू अचेल बजारमा सजिलै पाउन थालिएको छ । व्यवसायीहरूले सशस्त्र प्रहरीको बीओपीसँगै राजस्व, भन्सारलगायतका कर्मचारीसँग पनि सेटिङ मिलाएर कपडाको आयात गर्दै आएको थाहा भएको छ । पछिल्लो समय वैध तरिकाबाट कपडाको आयात ठप्प भएसँगै विराटनगरसँगै भारतीय सीमानाका जोडिएको इस्लामपुर भारतीय नाका कपडा तस्करीका लागि प्रमुख मार्ग बनेको हो । सोही नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ मिलाएर व्यापकरूपमा कपडाको अवैध आयातले तीव्रता पाएको दाबी स्रोतले गरेको छ । दिनभर सुनसान देखिने इस्लामपुर नाका राति ८ बजेपछि गुल्जार बन्ने गरेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x