कर्जाको औसत ब्याजदर एकल अङ्कमा झर्यो
काठमाडौं, बैंकहरूले दिने कर्जाको औसत ब्याजदर नौ दशमलव ९३ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार बैंकहरूले कर्जामा दिने औसत ब्याजदर एकल विन्दुमा झरेको छ ।निक्षेप बढ्दै गएको र कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । त्यसैले बैंकहरूको आधार दर नै कम छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको आधारदर गत असार मसान्तमा आठ प्रतिशतमा झरेको छ ।
आधारदर घटेका कारण कर्जाको ब्याजदर पनि सस्तो भएको छ । बैंकहरूले आधारदरमा दुई प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिइरहेका छन् । केही स्किममा एकल अङ्कको ब्याजदर अफर गरिरहेका छन् । अहिले पुरानो कर्जाकोे ब्याजदर पनि ११ प्रतिशतभन्दा तल झरिसकेको बैंकहरूले बताएका छन् । अहिले बैंकहरूले कोभिड–१९ संक्रमणपछिकै सस्तो ब्याजदरमा कर्जा अफर गरिरहेका छन् । एक वर्षअघिसम्म बैंकहरूको औसत ब्याजदर साढे १२ प्रतिशत थियो । अहिले वित्तीय प्रणालीमा निक्षेप बढिरहेको छ । यही कारण तरलता प्रशस्त छ । बैंकहरूसँग अहिले पनि छ खर्ब १५ अर्ब लगानीयोग्य पैसा छ । ब्याज लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । सोही कारण कर्जाको ब्याजदर पनि घट्दै गएको छ । ब्याजदर घटे पनि वास्तविक क्षेत्रमा अझै कर्जाको माग बढ्न सकेको छैन । बरु सेयरबजारमा कन्फिडेन्स बढेको छ । एक दिनमा करिब ३० अर्ब हाराहारी कारोबार हुनेगरेको छ ।
एक वर्षअघि कर्जाको ब्याजदर औसत १४ दशमलव १० प्रतिशत कायम गरेका विकास बैंकहरूको ब्याजदर अहिले ११ दशमलव ३४ प्रतिशतमा झरेको छ । त्यस्तै फाइनान्स कम्पनीहरूको औसत ब्याजदर १२ दशमलव ५५ प्रतिशत छ । गत असार मसान्तमा विकास बैंकहरूको औसत आधारदर नौ दशमलव ७१ प्रतिशत र फाइनान्स कम्पनीहरूको आधारदर ११ दशमलव २१ प्रतिशत कायम भएको छ । २०८० असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८६ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः पाँच दशमलव ७७ प्रतिशत, छ दशमलव ६३ प्रतिशत र सात दशमलव ९३ प्रतिशत कायम भएकोे छ ।
कर्जाको ब्याजदर अझै घट्ने देखिन्छ । बैंकहरूले साउन र भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । भदौमा ११ वटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका थिएन भने आठवटाले स्थिर राखेका छन् । एउटाले मात्रै ब्याजदर बढाएको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको ब्याजखर्च पनि घटेर जान्छ । निक्षेपको लागत घटाउँदा आधारदर पनि थप घट्न जान्छ । आधारदर घट्दा कर्जाको ब्याजदर पनि घट्छ । त्यसैले कर्जाको ब्याजदर थप सस्तो हुने बैंकहरूले बताएका छन् । बैंकहरूसँग प्रशस्तै लगानीयोग्य रकम रहेको र कर्जाकोे माग बढ्न नसकेको अवस्थामा लागत कम गर्न ब्याजदर घटेर जान्छ । अहिले बैंकहरूको सीडी रेसियो ७८ दशमलव ९८ प्रतिशत छ । बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया