Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार४२ खर्ब २६ अर्ब रुपैयाँ नाघ्यो अन्तरबैंक कारोबार

४२ खर्ब २६ अर्ब रुपैयाँ नाघ्यो अन्तरबैंक कारोबार


बैंक तथा वित्तीय संस्थाले न्युन ब्याजदरमा अल्पकालीन अवधिको लागि एक–आपसमा गर्ने अन्तरबैंक कारोबार ४२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४२ खर्ब २६ अर्ब ४८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । आर्थिक वर्ष २०८०÷८१ मा वाणिज्य बैंकहरुले मात्र ३८ खर्ब ६३ अर्ब ४८ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले तीन खर्ब ६३ अर्ब रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् ।

अघिल्लो वर्ष कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले ३९ खर्ब ४२ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरुले तीन खर्ब ५२ अर्ब सात करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुसार २०८० असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर छ दशमलव ३५ प्रतिशत रहेकोमा २०८१ असारमा तीन प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० असारमा तीन दशमलव १४ प्रतिशत रहेकोमा २०८० असारमा दुई दशमलव ९९ प्रतिशत छ । २०८० असारमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव शून्य तीन प्रतिशत, विकास बैंकहरुको १२ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरुको १३ दशहमलव ४१ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार २०८१ असारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको औसत आधार दर क्रमशः आठ प्रतिशत, नौ दशमलव ७१ प्रतिशत र ११ दशमलव २१ प्रतिशत कायम भएको छ । २०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८६ प्रतिशत, विकास बैंकहरुको नौ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरुको नौ दशमलव ७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः पाँच दशमलव ७७ प्रतिशत, छ दशमलव ६३ प्रतिशत र सात दशमलव ९३ प्रतिशत कायम भएको छ ।

२०८० असारमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३० प्रतिशत, विकास बैंकहरुको १४ दशमलव १० प्रतिशत र फाइनान्स कम्पनीहरुको १४ दशमलव ८२ प्रतिशत थियो । २०८१ असारमा कर्जाको भारित औसत ब्याजदर क्रमशः नौ दशमलव ९३ प्रतिशत, ११ दशमलव ३४ प्रतिशत र १२ दशमलव ५५ प्रतिशत कायम भएको छ । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तमा कुल एक लाख २० हजार दुई सय ७४ ऋणीलाई प्रवाह भएको एक खर्ब २६ अर्ब ८२ करोड कर्जा बक्यौता छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार तीन सय ५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७१ हजार आठ सय ८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड कर्जा छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ३५ ऋणीको एक अर्ब ६३ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x