Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ

बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ


देउखुरी (दाङ)। प्रहरीले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । क्याम्पस परिसरमा बिहीबार बिहान बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको प्रहरी प्रवक्ता तिमल्सिनाले बताए । उनले भन, “सुेतली बम चर्को आवाजमा पड्केको थियो ।”

घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की पक्राउ परेको प्रहरी प्रवक्ता तिमल्सिनाले बताएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x