Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाबूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण

बूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेको बताएका छन् । अर्बौँ रकम खर्च भइसकेकाले सो परियोजना निर्माणबाट पछाडि हट्न नसकिने उनले बताए ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा बिहीबार मन्त्रालयमा भएको छलफलमा ऊर्जामन्त्री खड्काले बुढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बुढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै कार्यान्वयनमा लैजाने उनले बताए । सो परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hornbee
hornbee
23 days ago

nepal ko project ma aswavabik muabja bitaran hunxa. desh ko unnati ka lagi yogdan garnu parne ma sthaniya le anek abarodh garxa ra sarkar lachar vayera desh ko paisa badxan.

1
0
Would love your thoughts, please comment.x
()
x