Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निक्षेप सात खर्ब २४ अर्ब बढ्दा कर्जा तीन खर्बले बढ्यो

बैंकहरूको निक्षेप सात खर्ब २४ अर्ब बढ्दा कर्जा तीन खर्बले बढ्यो


आर्थिक वर्ष २०८०÷०८१ मा बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको वृद्धि निकै कम छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूको कुल निक्षेप सात खर्ब २४ अर्ब ३४ करोड ५० लाख रूपैयाँ बढेको छ । कर्जा प्रवाह भने दुई खर्ब ८७ अर्ब ९० करोड ४० लाख रूपैयाँले बढेको छ । निक्षेप सङ्कलन र कर्जा प्रवाहको बीचमा पाँच खर्ब रूपैयाँको फरक देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रकम ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रूपैयाँ पुगेको छ । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा सात खर्ब २४ अर्ब ३४ करोड ५० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रूपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रूपैयाँ पुगेको छ । यो कर्जा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दुई खर्ब ८७ अर्ब ९० करोड ४० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूले मात्र भने गत आर्थिक वर्षमा ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रूपैयाँ निक्षेप सङ्कलन गरेका छन् । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा छ खर्ब ७० अर्ब ५६ करोड ५० लाख रूपैयाँले बढी हो । सो वर्ष वाणिज्य बैंकहरूले कुल ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरेका थिए । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई खर्ब ५१ अर्ब ५९ करोड ८० लाख रूपैयाँले बढी हो । सो वर्ष वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँ थियो ।

विकास बैंकहरूको छ खर्ब १० अर्ब १७ करोड १० लाख रूपैयाँ निक्ष्ोप सङ्कलन गरेका छन् । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ अर्ब ५९ करोड ८० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको कुल निक्षेप रकम पाँच खर्ब ७१ अर्ब ५७ करोड ३० लाख रूपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ विकास बैंकहरूको कुल कर्जा रकम पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रूपैयाँ छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २९ अर्ब ५४ करोड ६० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको विकास बैंकहरूको यस्तो कर्जा रकम चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रूपैयाँ थियो ।

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रूपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५ अर्ब १८ करोड १० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब १३ अर्ब ४२ करोड २० लाख रूपैयाँ थियो । फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा ९९ अर्ब ६९ करोड १० लाख रूपैैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब ७६ करोड रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल कर्जा प्रवाह ९२ अर्ब ९३ करोड १० लाख रूपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x