रामेछापको दोरम्बा पहिरोमा परी छ जनाको मृत्यु
दोलखा । अविरल वर्षासँगै झरेको पहिरोमा परेर दोलखासँग सीमा जोडिएको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा छ जनाको मृत्यु भएको छ । शनिबार राति गएको पहिरोमा परी सोही वडाका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मृत्यु भएका छ जनाको शव आइतबार दिउँसो पहिरोबाट उद्धार गरी प्रहरीले घटनास्थलै परीक्षण गरी परिवारलाई बुझाएको छ । पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेका छन् । साथै, पहिरोमा परी चार जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपाने बताए । पहिरो निकै लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए । यस्तै, पहिरोमा परी घाइते भएकाहरूको उपचारका लागि काठमाडौं पठाइएको छ ।
पहिरो खसेको जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका थिए । साथै, पहिरोले तीन वटा घर बगाएको र एउटा घर पुरिएको छ । वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि पहिरोले बगाएको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया