Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशसुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो


वीरगञ्ज । पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालू आर्थिक वर्षमा ६० अर्ब चार करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए । ‘कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो’, उनले भने, ‘गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन भने सकेन ।’

भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले सो अवधिमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । विभागले कार्यालयलाई आर्थिक वर्ष २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर, कार्यालयले सो आर्थिक वर्षमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको थियो ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x