काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागमा कार्यरत ६३ जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र सात जना वरिष्ठ इन्जिनियरहरुलाई निमित्त प्रमुख बनाएको छ ।
भौतिक मन्त्रालयको आइतबारको सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो । सडक विभागअन्तर्गतको डिभिजन तथा योजना कार्यालयहरुमा कार्यालय प्रमुखको रुपमा सीडीईको दरबन्दी छ । कार्यालय प्रमुख परिवर्तन भएको कारण केही दिनका लागि सम्बन्धित कार्यालयमा हुने काममा केही अलमल हुनेछ ।
भौतिक मन्त्रालयले आइतबार गरेको निर्णय मंगलबार वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार बाबुराम सापकोटालाई डिभिजन सडक कार्यालय पाल्पाबाट सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा ल्याइएको छ । त्यस्तै, विजय कुमार महतोलाई आयोजना निर्देशनालय एडीबीबाट सडक विभागमा, मेघराज मरासिनीलाई सडक डिभिजन भक्तपुरबाट सडक सुधार तथा विकास योजना कार्यालयको प्रमुखमा, ईश्वर बहादुर रिजाजललाई पुष्पलाल राजमार्गको योजना कार्यालय गोरखामा, प्रकाश चन्द्र भण्डारीलाई मुग्लिङ पोखरा सडक योजनाको पूर्वी खण्डमा, मुकुन्दराज अधिकारीलाई सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखामा, आशिष थापा मगरलाई पुल सेक्टर नेपालगञ्जको प्रमुखमा, कृष्णराज अधिकारीलाई सिद्धबाबा सुरुङमार्ग योजना बुटवलमा, गुरुप्रसाद अधिकारीलाई सडक डिभिजन हेटौडा र सुरेश पौडेललाई सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखामा सरुवा गरिएको छ ।
यस्तै, रमेश प्रसाद पौडेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, युवराज पोखरेललाई हुलाकी राजमार्ग योजना कार्यालय इटहरीमा, खड्गलाल श्रेष्ठलाई गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक योनजामा, जिवेन्द्र मिश्रलाई सडक डिभिजन बुटवलमा, दीपेन्द्र पाण्डेयलाई पुष्पलाल (मध्यपहाडी) राजमार्गको योजना कार्यालय पाँचथरमा, राकेश महर्जनलाई सडक विभागको सुरक्षा तथा ट्राफिक शाखामा, विष्णुप्रसाद चौलागाईँलाई सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा, सुमन योगेशलाई सडक डिभिजन भक्तपुरमा, होमबहादुर एसीलाई हुलाकी राजमार्गको योनजा कार्यालय कतिलवस्तुमा र निरज शाक्यलाई कमला कन्चनपुर सडक योजनाको पूर्वीखण्डको योजना प्रमुखमा सरुवा गरिएको छ ।
यसैगरी, पशुपति ज्ञवालीलाई मिर्चैया कटारी घुर्मी सडक योजना र सगरमाथा राजमार्गको प्रमुखमा, दारोगा प्रसादलाई पुल सकेटर धरामा, ध्रुबकुमार श्रेष्ठलाई आयोजना निर्देशनालय (एडीबी)को उपआयोजना निर्देशकमा, सञ्जय कुमार मिश्रलाई हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जमा, रामबहादुर गुरुङ्गलाई कोशी कोरिडोर (खाँदबारी किमाथांका सडक योजना) प्रमुखमा, विदुर पोख्रेललाई पुष्पलाल (मध्यपहाडी) राजमार्गको योजना कार्यालय रामेछापमा, विसुन दास लामालाई सडक डिभिजन प्यूठानमा, गोपाल प्रसाद खकुरेललाई सडक डिभिजन ललितपुरमा, बलिराज मल्ललाई पुल सेक्टर सुर्खेतमा र पारसमणि हमाललाई सडक डिभिजन खुर्कोट सिन्धुलीलाई सरुवा गरिएको छ ।
भौतिक मन्त्रालयका अनुसार रामपुकार जयसवाललाई सडक डिभिजन पाल्पामा, हरिप्रसाद सुवेदीलाई सडक डिभिजन बाग्लुङमा, विष्णुबाबु पाण्डेलाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा, त्रिलोकनाथ घिमिरेलाई सडक विभागका पुल महाशाखामा, नरेन्द्र प्रसाद भट्टलाई सडक डिभिजन नेपालगञ्ज पठाइएको छ ।
यस्तै, अरुण कुमार लाल कर्णलाई सडक डिभजन चन्द्रनिगाहपुर, रमेश चौधरीलाई मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमा, गागल बहादुर भण्डारीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनामा, सजना अधिकारीलाई सूर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक योनजामा, सविन जोशीलाई सडक डिभिजन हर्कपुरमा, माधव प्रसाद अधिकारीलाई सहिद मार्गको योनजा प्रमुखमा, मुकुन्द प्रसाद लामिछानेलाई हुलाकी राजमार्ग योजना कार्यालय धनगढीमा, राजेश कुमार यादवलाई सडक डिभिजन महेन्द्रनगरमा, राजिव श्रेष्ठलाई सडक डिभिजन दमौलीमा, केशव प्रसाद ओझालाई नागढुंगा मुग्लिङको पूर्वीखण्डमा, सविन कोइरालालाई सडक डिभिजन शिवपुरमा, सरला न्यौपानेलाई मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयमा, अन्जु परियारलाई पुष्पलाल मध्यपहाडी योजना कार्यालय दैलेखमा, कुशलता न्यौपानेलाई बुटवल गोरुसिंगे चन्द्रौटा सडक योजनामा, शंकर पौडेललाई मदन भण्डारी राजमार्ग सुर्खेतमा पठाइएको छ ।
यस्तै, अनुक्षा घिमिरेलाई नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डमा, विवाश बाबु सदावेवलार्य महाकाली पुल योजनामा, नारायण प्रसाद लामिछानेलाई सडक डिभिजन भरतपुरमा, सञ्जय पन्थीलाई नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनामा, रत्नलक्ष्मी बज्राचार्यलाई कान्ति राजमार्गमा, गोविन्द दुमरुलाई सडक विभागको पुल महाशाखामा, सिंह बहादुर विष्टलाई तमोर कोरिडोरमा, दीपेन्द्र बहादुर विष्टलाई सडक डिभिजन दाङमा, पुजन गिरीलाई सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा, पवन भट्टराईलाई सडक डिभिजन इलाममा, कर्णसिंह खत्रीलाई मदन भण्डारी राजमार्ग दमकमा, सतिश सुवेदीलाई डुम्रे बेँशीसहर चामे सडक योनजामा र कृष्ण बहादुर कुँवरलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।
सात जना इन्जिनियरलाई भने निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रालयका अनुसार नेत्र प्रसाद देवकोटालाई सडक डिभिजन साँफेबगर, लक्ष्मण दत्त जोशीलाई सडक डिभिजन बैतडीको निमित्त प्रमुख बनाइएको छ । तुलाराम शर्मालाई कर्णाली कोरिडोर दक्षिण खण्ड, विरेन्द्र बहादुर चन्दलाई सेती राजमार्ग दक्षिण खण्ड, विरेन्द्र कुमार यादवलाई सेती राजमार्ग उत्तर खण्ड, दिपेन्द्र कुमार चौधरीलाई सडक डिभिजन जुम्लाको निमित्त प्रमुख र दिपक सुनारलाई महाकाली कोरिडोरको निमित्त योजना प्रमुखमा सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया