Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशलुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टङ्कप्रसाद पोखरेल चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कँडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सदस्यहरूमा भने युवराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्वासे, तेजबहादुर बुढा, नुरुद्दीन शाह, मञ्जु भुसाल, यज्ञेश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम चयन भएका छन् । दोस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चेम्बरको प्रदेश अधिवेशनलाई उद्घाटन गरेका थिए । सो कार्यक्रममा उनले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न राज्यले लगानी गर्नुपर्नेमा उनले जोड दिए । मुलुकमा कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति हासिल गर्न सकिने आचार्यले बताए । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।


क्याटेगोरी : समाचार, लुम्न्बिनी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x