Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुलाकी सडक निर्माणलाई गति दिन सांसदहरुको माग

हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरुको माग


काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे । उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद ढुङ्गानाले भने, “हुलाकी राजमार्ग बन्नुपर्छ, मधेसको विकास हुन्छ भनेर मत राख्दै आएको छु । सडक त बन्दैछ तर त्यहाँ निर्माणाधीन पुल समयमै बन्न सकेका छैनन् । अनशन गरेपछि मात्रै पूल बन्ने हो ?”
सांसद डा अञ्जान शाक्यले धुलिखेलमा ८४ वर्षीय वृद्ध भिक्षुमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरे । उनले ती भिक्षुलाई सुनोयिजित रुपमा लुटपाट गर्नेगरी आक्रमण भएको तथा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरे।
सांसद वामदेव गौतमले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले दुर्घटना बढ्दै गएको बताए । उनले वस्तुनिष्ठ योजना बनाई प्रभावकारी अध्ययन गरेर मात्रै सडक निर्माण गर्न सुझाव दिए ।
सांसद भुवनबहादुर सुनारले पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएकाले दोषीमाथि कारबाहीको माग गरे । उनले अन्तरजातीय प्रेम सम्बन्धका कारण म्याग्दीकी १९ वर्षीया युवतीको हत्या भएको उदाहरण दिँदै उक्त घटनामा संलग्न अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे।रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x