घट्यो विश्वव्यापी प्रत्यक्ष विदेशी लगानी प्रवाह
विश्वव्यापीरूपमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह न्यून रूपमा घटेको छ । संयुक्त राष्ट्र संघ व्यापार र विकास सम्मेलन (यूएनसीटीएडी) विश्वव्यापी लगानी प्रतिवेदन २०२४ सार्वजनिक गर्दै विश्वव्यापीरूपमा विदेशी लगानी एक दशमलव आठ प्रतिशतले घटेको हो । सन् २०२३ मा विदेशी लगानी प्रवाह १३ खर्ब ३१ अर्ब रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा एक दशमलव आठ प्रतिशत अर्थात् २४ अर्ब रुपैयाँले घटेको हो । सन् २०२२ मा विदेशी लगानी प्रवाह १३ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो वर्षहरूको तुलनामा भने विश्वव्यापी विदेशी लगानी प्रवाह भने ज्यादै घटेको देखिन्छ । विश्वव्यापी विदेशी लगानी प्रवाह सन् २०२० मा नौ खर्ब ८४ अर्ब रुपैयाँ, सन् २०२१ मा १६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । विश्वव्यापी विदेशी लगानी प्रवाह सन् २०१८ मा १३ खर्ब ७६ अर्ब रुपैयाँ, सन् २०१९ मा १७ खर्ब २९ अर्ब रुपैयाँ थियो । साथै युरोपेयली मुलुकहरूमा पनि विदेशी लगानी प्रवाह १० प्रतिशतले घटेको बताइएको छ ।
प्रतिवेदनले विदेशी लगानी प्रवाह आउनुमा विविध समस्या रहेको र त्यसको निराकरण समेत गर्न सकिने बताइएको छ । विश्वव्यापी अर्थतन्त्रमा आएको सुस्तता र भू–राजनीति समस्यामा कारण विदेशी लगानी प्रवाह घटेको बताइएको छ । विश्वव्यापी र क्षेत्रीय सङ्कट, व्यापारमा समस्या र कडा वित्तीय अवस्थाले विदेशी लगानी प्रभावमा असर परेको छ । विदेशी लगानी प्रवाहमा आएको मन्दीले दिगो विकासका लक्ष्य (एसडीजी) समेत प्रभावित हुनेछ । दिगो विकास लक्ष्यहरूमध्ये विशेषगरी कृषि, खाद्यान्न र पानीमा १० प्रतिशतभन्दा बढी लगानी प्रवाह घटेको छ । जसले गर्दा सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि बाधा सिर्जना भएको छ भने दिगो विकास वित्तलाई पुनः परिमार्जन गर्न तत्काल नीगित कार्यको लागि आह्वान गर्नु जरुरी छ ।
विश्वव्यापीरूपमा विदेशी लगानी प्रवाह कम हुँदा त्यसको असर एसियामा समेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसियामा विदेशी लगानी प्रवाह आठ दशमलव चार प्रतिशतले घटेको छ । सन् २०२४ मा एसियामा विदेशी लगानी प्रवाह छ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा आठ दशमलव चार प्रतिशतले कमी हो । सन् २०२२ मा एसियामा विदेशी लगानी प्रवाह छ खर्ब ७७ अर्ब रुपैयाँ थियो । एसियामा विदेशी लगानी प्रवाह सन् २०२० मा पाँच खर्ब १३ अर्ब रुपैयाँ र सन् २०२१ मा छ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो । एसियाको तुलनामा भने दक्षिण एसियामा सबैभन्दा धेरै विदेशी लगानीमा प्रवाहमा प्रभावित भएको देखिन्छ । दक्षिण एसियामा ३७ दशमलव पाँच प्रतिशतले घटेको छ । सन् २०२३ मा विदेशी लगानी प्रवाह ३६ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३७ दशमलव पाँच प्रतिशतले कमी आएको छ । सन् २०२२ मा दक्षिण एसियामा विदेशी लगानी प्रवाह ५७ खर्ब रुपैयाँ थियो । त्यस्तै दक्षिण एसियामा विदेशी लगानी प्रवाह सन् २०२० मा ७१ खर्ब र सन् २०२१ मा ५२ खर्ब रुपैयाँ थियो ।
विदेशी लगानी प्रवाह विश्वमा घट्दा, एसिया र दक्षिण एसियामा घट्दा यसको नकारात्मक प्रभाव नेपालमा समेत परेको छ । सन् २०२३ मा नेपालमा विदेशी लगानी प्रवाह छ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६६ दशमलव ६६ प्रतिशतले कमी हो । सन् २०२२ मा नेपालमा विदेशी लगानी प्रवाह १८ अर्ब रुपैयाँ थियो । विकसित विश्व अर्थात् विकसित मुलुकहरूमा नौ प्रतिशतले विदेशी लगानी प्रवाह बढ्दा विकासोन्मुख मुलुकहरूमा छ दशमलव सात प्रतिशतले घटेको छ । सन् २०२३ मा विकसित मुलुकमा चार खर्ब ६४ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको छ । जुन अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले बढी हो । सन् २०२२ मा विकसित मुलुकमा चार खर्ब २६ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको थियो । सन् २०२३ मा विकासोन्मुख मुलुकमा विदेशी लगानी प्रवाह आठ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा छ दशमलव सात प्रतिशतले कमी हो ।
सन् २०२२ मा विकासोन्मुख मुलुकमा नौ खर्ब २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको थियो । नेपालको हकमा विदेशी लगानीका लागि आवश्यक नीतिगत, प्रक्रियागत र व्यवहारमा परिवर्तन नहुँदा परिणाम नआउने विज्ञहरू बताउँछन् । राजनीतिक अस्थिरताले गर्दा संसद् बस्न नसक्ने र संसद् बसे पनि सांसदहरूले आवश्यक कानुनका लागि प्रयास नगर्दा विदेशी लगानी भित्र्याउन समस्या भएको अर्थविद्हरू बताउँछन् । त्यसैले तुलनात्मक नेपालको भन्दा विदेशी लगानीका लािग लगानी गर्न र प्रतिफल लैजान सहज मुलुकमा लगानी प्रवाह भइरहेको विज्ञहरूको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया