Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशल्याब परीक्षणै नगरी खुलेआम खाद्यान्नको आयात

ल्याब परीक्षणै नगरी खुलेआम खाद्यान्नको आयात


विराटनगर । विराटनगरका गैरभन्सार नाकाबाट ल्याब परीक्षणै नगरी खुलेआम खाद्यान्नको आयात हुने गरेको पाइएको छ । केही सस्तोको नाममा उपभोक्ताले ल्याब परीक्षण नै नभई भित्रिने खाद्यान्नको प्रयोग गर्न बाध्य भएका छन् । यसले ठूलो महामारी निम्तिन सक्नेतर्फ सरोकारवालाले सचेत गराएका छन् ।

उपभोक्ताले सिधै प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफूल काजु, बदामलगायतका वस्तुको आम उपभोक्ताले सस्तोका नाममा भारतीय बजारबाट खरिद गरी खाद्य परीक्षण नै नगरी सोझै विराटनगरका व्यवसायीले नेपाल भित्र्याउने गरेको छ । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा भएर भन्सार कार्यालयमार्फत भित्रिनुुपर्नेमा केही समयदेखि सस्तोका नाममा सेटिङका व्यवसायीले सोझै विराटनगर बजारमा त्यस्ता खाद्य वस्तु भित्र्याएर बिक्री वितरण गर्ने गरेको स्रोतको दाबी छ ।

सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि विराटनगर रानी नाकामा रहेको पुरानो भन्सार कार्यालयमा प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई दुुई/तीन घण्टाको फरकमा ल्याब रिपोर्ट दिने र सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको समाचार स्रोतले बताएको छ । कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनि गुणस्तर जाँच हुन्छ । खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यान्नको गुणस्तर परीक्षण नै नभई सोझै भित्रिने गरेको हो । भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के–कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ ।

तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधै प्रयोग गर्ने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चिया, फलफूललगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परीक्षण नै नभई सोझै व्यवसायी र सुुरक्षा निकायसँग सेटिङ गरी धमाधम विराटनगर बजार आउने क्रम व्यापक बढेको रहस्य स्रोतले खोलेको छ । यसरी खाद्यान्नको गुणस्तर परीक्षण नहुँदा तस्करी भएर खुला सीमाबाट आउने गुणस्तरहीन खाद्यान्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहँदा समेत सरोकारवाला मौन रहेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x