Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधान दिवसकै दिन कृषि ज्ञान केन्द्रका फाइल अख्तियारको फन्दामा

धान दिवसकै दिन कृषि ज्ञान केन्द्रका फाइल अख्तियारको फन्दामा


धन बहादुर जप्रेल
कञ्चनपुर, असार १६
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कञ्चनपुरको कागजपत्रका फाईल नियन्त्रणमा लिएको छ । सोमबार १७औँ धान दिवसकै दिन आयोगको कार्यालयले कृषि ज्ञान केन्द्रका फाइल नियन्त्रणमा लिएको हो । अनुदान वितरणमा अनियमितता भएको भन्दै कृषि ज्ञान केन्द्र बिरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले कृषि ज्ञान केन्द्र कार्यालयका विभिन्न कागजात नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख प्रकास पाण्डेयले बताए । उनका अनुसार अनुदान बारे भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो ।

उजुरीका आधारमा अनियमितता भएको छ, वा छैन भनि छानबिनका लागि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको उनले बताए । सोमबार जिल्लाका केही स्थानमा सामान्य समाजिक दुरी कायम गरेर दिवस मनाईको थियो, तर धान दवसकै दिन अख्तियारले कार्यालयमा छापा मारेर कगजात नियन्त्रणमा लिएपछि धान दिवस समेत खल्लो भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले भने अख्तियारमा परे अनुसारको कार्यालयबाट कुनै अनियमितता नभएको स्पष्ट पारेको छ । कृषिबाट पाउने अनुदान बारे जहिल्यै पनि विवाद, किचलो र गुनासो हुने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x