Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थानीय सरकारलाई बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी प्रदान गर्दै कांग्रेस

स्थानीय सरकारलाई बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी प्रदान गर्दै कांग्रेस


सोलुखुम्बु, असार १६
नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाका ६ वटा स्थानीय तहलाई कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी हस्तान्तरण गरेको छ । असार पाँच गतेबाट औपचारिक सुरुवात गरेको कार्यक्रम अहिलेसम्म ६ ओटा स्थानीय तहमा पुगिसकेको नेपाली कांगे्रस सोलखुम्बुका पूर्वसभापति आङगेलु शेर्पाले जानकारी दिए ।

उनका अनुसार नेचासल्यान, थुलुङ दूधकोशी, सोताङ, महाकुलुङ, माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई बीउपुँजी स्वरूप ५०/५० हजार रूपैँया हस्तान्तरण गरिएको छ । सबै स्थानीय तहमा गरी तीन लाख रकम हस्तान्तरण गरिएको शेर्पाको भनाइ छ । स्थानीय सरकारलाई सहयोग स्वरूप रकम हस्तान्तरण गरेको कांग्रेसले जनाएको छ । जिल्लाका ८ ओटा स्थानीय तहमध्ये बांँकी २ ओटा स्थानीय तहलाई पनि छिटै रकम हस्तान्तरण गरिने पूर्वसभापति शेर्पाले बताए ।

कोरोनाबाट विश्व नै आक्रान्त भएको अवस्थामा कोरोनाविरुद्धको जीतका लागि सहकार्य र एकताको आवश्यक्ता रहेको कांग्रेस नेता सूर्य कुलुङले बताए । विपत्मा सबै एक भएर अघि बढ्नुपर्ने भएकाले आफूहरूले कोष स्थापनको सुरुवात गरिएको कुलुङको भनाइ छ । यो रकम कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि कांग्रेसले गरेको प्रयासलाई सबैले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । हरेक स्थानीय तहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोनापीडित र बेरोजगार समस्या समाधानमा काम गर्नेगरी कांग्रेसले अवधारणा ल्याएको नेता आङगेलु शेर्पाको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x