Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशका मुख्यमन्त्रीले भ्रम फैलाएको पुर्वमुख्यमन्त्रीको आरोप

कोशी प्रदेशका मुख्यमन्त्रीले भ्रम फैलाएको पुर्वमुख्यमन्त्रीको आरोप


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पहिले नै भइसकेको काम आफूले गरेको भनेर भ्रम छर्ने गरेको पुर्वमुख्यमन्त्री केदार कार्कीले आरोप लगाएका छन् । दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविका र शैलजा आचार्य हृदयरोग केन्द्रका लागि बजेट व्यवस्थापन गरी ती कार्यक्रमलाई प्रादेशिक अस्पतालबाट निरन्तरता दिएको भनी मुख्यमन्त्रीले झूठो भ्रम छरेको उनको आरोप छ । गर्दै नगरेको कार्यलाई गरेको भन्दै जनतालाई असत्य जानकारी प्रवाहित गरेर सरकार आफैँ झूटको जगमा उभिएको पुर्वमुख्यमन्त्री कार्कीले बताए । गत शुक्रबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले आफू नेतृत्वको सरकारले कोशी प्रदेशभित्रका चारवटा ठूला स्वास्थ्य संस्थासँग सम्झौता गरेर दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि विशिष्टीकृत सेवा प्रदान गर्दै आएको बताए । हालको मुुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचार सेवा सञ्चालनका लागि चार करोड २९ लाखको बजेट विनियोजन गरिएको भन्ने भ्रम छर्ने दुष्प्रयास गरिएको उनको आरोप छ ।

पूर्व मुख्यमन्त्री कार्कीले आफूले ल्याएको दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम गत वर्षको माघदेखि सञ्चालनमा आएको भए पनि वर्तमान मुख्यमन्त्रीले यो कार्यक्रमलाई रोकेको बताए । शैलजा आचार्य हृदय रोग केन्द्रमा हालसम्म बजेट र जनशक्तिका अभावमा इन्डोर सेवा सञ्चालन हुन नसकेको भन्दै उनले प्रदेश स्वास्थ्य मन्त्रालयले यसका लागि बजेटसमेत नदिएको उल्लेख गरे । यस्तै, उनले वर्तमान मुख्यमन्त्रीले अघिल्लो वर्षको कडा रोग सहायता कार्यक्रमअन्तर्गतको पाँच करोड रुपैयाँको बजेट एक महिनामा नै आफ्ना नेता, कार्यकर्ता र नाता–सम्बन्धका व्यक्तिलाई पँजनी गरेको आरोप लगाएका थिए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x