ब्याजदर सस्तिए पनि बढेन कर्जा प्रवाह
बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि अहिले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न मिल्ने पैसा छ । ब्याजदर सस्तिएको छ, बैंकहरुले कर्जामा एकल विन्दुको ब्याजदर अफर गरिरहेका छन् । तर पनि बजारमा कर्जाको माग बढेको छैन । कुनै बेला ब्याजदर महँगो भएकाले कर्जा लिन नसकेको बताउने उद्योगी व्यवसायीले ब्याजदर सस्तो हुँदा पनि कर्जाको माग गरेका छैनन् । यसको एउटै कारण हो, बजारमा उपभोग बढ्न नसक्नु । वस्तु तथा सेवाको माग न्यून हुँदा उद्योगी व्यवसायीले बैंकबाट ऋण लिएर उत्पादन बढाउने काम गरेका छैनन् । यसैको असर बैंकहरुले प्रवाह गर्ने ऋणमा परेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन उपकरण बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्दै आएको छ । बुधबार पनि वित्तीय प्रणालीबाट ४० अर्ब तान्नको लागि सूचना जारी गरेको थियो । तर, बैंकहरुले ३७ अर्ब ८० करोड रुपैयाँ राख्न निवेदन दिए । राष्ट्र बैंकले ३७ अर्ब ६० करोड रुपैयाँ प्रशोचन ग¥यो । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले पटक—पटक प्रणालीबाट पैसा तानेर अधिक तरलता व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म गरेको निक्षेप सङ्कलन कुल ६४ खर्ब ६३ अर्ब रुपैयाँ छ । यसमध्ये ५१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंकहरुले सङ्कलन गरेको निक्षेप ५७ खर्ब ३७ अर्ब रुपैयाँ छ । यसबाट ४५ खर्ब ९७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले कुल सात खर्ब २५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । यसमध्ये पाँच खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर लगानी गर्न पाउँछन् । तर, अहिले बैंक तथा वित्तीय संस्थाले जम्मा ७८ दशमलव ९९ प्रतिशत लगानी गरेको देखिन्छ । यस आधारमा वित्तीय प्रणालीमा अहिले छ खर्ब २० अर्ब ७० करोड रुपैयाँ अधिक तरलता छ ।
निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया