Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध


चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । बिहीबार बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए । उनले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको राससलाई बताए ।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x