Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटेलिकम र रेडियोमा नयाँ नियुक्ति कार्की सचिवमा बढुवा

टेलिकम र रेडियोमा नयाँ नियुक्ति कार्की सचिवमा बढुवा


सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडीलाई नियुक्त गरेको छ । उनी टेलिकमकै कर्मचारी हुन् । अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारकै पालामा सिफारिस भएका मध्येबाट पहाडीलाई नियुक्त गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस्तै, बिहीबारकै मन्त्रिपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ । बिहीबारकै मन्त्रिपरिषद् बैठकले सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ । उनलाई प्रशासनतर्फको रिक्त सचिव पदमा बढुवा गरिएको हो । तोयानारायण ज्ञवालीले राजीनामा दिएपछि सचिव पद रिक्त थियो । कार्की हाल बागमती प्रदेशको कायममुकायम प्रमुख सचिव थिए ।

सचिवका लागि कार्कीसहित शिक्षा मन्त्रालयका सहसचिव डा. कमलप्रसाद पोखरेल र लुम्बिनी प्रदेशका कामु प्रमुख सचिव महादेव पन्थको नाम सिफारिस भएको थियो ।यस्तै, मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा जाने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीको भ्रमण स्वीकृत पनि गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा हुने महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहितको टोली त्यसतर्फ जाने कार्यक्रम छ ।राष्ट्र संघको महासभाव यही भदौ २५ गतदेखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुनेछ । महासभामा समिट अफ द फ्यूचर असोज ६ र ७ गते हुने छ । सोही समिटलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । २०७५ सालमा पनि ओलीले महासभालाई प्रधानमन्त्रीकै रुपमा सम्बोधन गरेका थिए । टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमाललगायत सहभागी हुनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x