Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाप्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर

प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिविबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल प्रहरीमा राजनीतिकशास्त्रमा स्नातकोत्तर तह सञ्चालन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले वरिष्ठ प्रहरी अधिकृतको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने उक्त कार्यक्रम तथा यसमा समाहित विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका नवीनतम् परिवेशअनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिइएको बताए । उनले सङ्गठनको नेतृत्व तहमा पुग्ने क्षमता भएका अधिकृतको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने उनको भनाइ थियो । यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवं सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको उनले बताए ।

त्रिवि, व्यवस्थापन सङ्कायका डिन प्राडा शर्माले समझदारीले प्रहरी अधिकृतको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गरे । आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने उनको विश्वास थियो । समझदारीपत्रमा अक्षयकोष, एमपीएस कार्यक्रम सञ्चालन, शैक्षिक क्यालेन्डर, विभिन्न शुल्क, विद्यार्थीको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवं विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोगलगायत विषय उल्लेख गरिएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x