गुणस्तरीय निर्माणलाई मूल मन्त्र बनाउन आग्रह
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय निर्माणलाई मूल मन्त्र बनाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । मोरङ निर्माण व्यवसायी सङ्घको २७औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूले महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै आयोजनाहरूको समयमा नै गुणस्तरीयरूपमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । यस्तै, उनले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । खरिद ऐनप्रति लक्षित गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता समेत जनाए । यस्तै, उनले मौद्रिक नीतिले निर्माण व्यवसायीमा केही भए पनि आशा जगाएको उल्लेख गरे । व्यवसायी अनुकूलमा नभएको खरिद ऐन प्रक्रियाका केही त्रुटिहरू सच्याउनेतर्फ आफ्नो ध्यान गएको भन्दै उनले त्यसलाई सच्याउन सङ्घीय सरकारलाई समेत आफूले दबाब दिने बताए । यस्तै, उनले प्रदेश सरकारले लगाएका ठेक्काको भुक्तानी नरोक्ने प्रतिबद्धता समेत जनाए । न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेको भन्दै उनले त्यसतर्फ व्यवसायीहरू गम्भीर हुन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री कार्कीले निर्माण व्यवसायीको सङ्घीय सरकारले गर्नुपर्ने समस्या समाधान गर्न प्रधानमन्त्री र प्रमुख सत्ता घटक दल नेपाली काँग्रेसका सभापतिले तत्परता देखाइरहेको समेत उल्लेख गरे । कार्यनिर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेका बताए । उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । यस्तै, उनले निर्माण व्यवसायी सङ्घका कारण हाल देशभर २५ लाखले रोजगारी पाइरहेको दाबी गरे । महासङ्घका महासचिव रोशन दाहालले सार्वजनिक खरिद ऐन, भुक्तानीमा भएका ढिलाइलगायतका समस्याले खडा भएको बताए । निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि गम्भीर बन्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया