म्यानपावरमाथि लचिलो बन्दै श्रममन्त्री भण्डारी
काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एक सय जनाभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर) नवीकरण गरिदिन निर्देशन दिएका छन् । मन्त्री भण्डारीको निर्देशनसँगै वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै एक सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था नवीकरण गर्नका लागि आग्रह गरेको छ ।विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र खण्ड ७४, काठमाडौं, साउन ३१ गते २०८१ साल (अतिरिक्ताङ्क २३) मा प्रकाशित गरेकोले नवीकरण गर्न इच्छुक इजाजतपत्रप्राप्त संस्थाहरूले नियमानुसारको नवीकरण दस्तुर तथा विलम्ब दस्तुर समेत तिरी रीतपूर्वकको आवेदन पेस गरेमा नवीकरण गरिनेछ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड घ (२) अनुसार न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारमा पठाउन नसकेका इजाजतपत्रप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१÷०८२ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी नेपाल सरकारले निर्णय गरेको थियो । साथै यस सूचनाभन्दा अगाडि नै आवेदन गरिसकेकाको म्यानपवारको हकमा पुनः आवेदन पेस गर्नु नपर्ने विभागले जनाएको छ । म्यानपावरले पेस गरेको आवेदनउपर सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको अनुगमनपश्चात् मात्र नवीकरण प्रक्रिया अगाडि बढाइने तयारी विभागको रहेको छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले २०७५ सालमा मेनपावर कम्पनी नवीकरणका लागि वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था गरेका थिए । मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि उक्त व्यवस्था ल्याए पनि मेनपवार व्यवसायीको कारण उक्त व्यवस्था संशोधन हुनेगरेको छ ।
क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1
ताजा अपडेट
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- सुनको मूल्य बढ्यो
- फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
- बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया