ऊर्जामन्त्री खड्कालाई गृह जिल्लामा स्वागत
तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनलाई प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा स्वागत गरेका छन् ।
स्थानीय वेषभूषामा सजिएका पञ्चकन्याले मन्त्री खड्कालाई पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुगेका हुन् । मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा मन्त्री खड्का सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया