Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिद्वारा बीमा शुुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप

बीमा समितिद्वारा बीमा शुुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप


काठमाडौं, असार १७
बीमा समितिले बीमा शुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप गरेको छ । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै बीमा शुल्क बुुझाउन समयसीमा थप गरेको जानकारी दिएको हो । समितिका अनुसार यसअघि जीवन बीमा कम्पनीहरुको हकमा बीमा शुल्क बुझाउन समयसीमा असार १५ गतेसम्म तोकिएको थियो ।

उक्त अवधिसम्म बीमितहरुले प्रिमियम तिरे कुुनै पनि किसिमको ब्याज नलाग्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको थियो । तर पछिल्लो परिपत्रअनुुसार बीमा समितिले प्रिमियम तिर्ने समय असार २२ गतेसम्म थप गर्दै उक्त अवधिसम्ममा प्रिमियम तिर्दा कुनै पनि किसिमको ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो र हाल उक्त लकडाउनलाई केही खुकुलो बनाए पनि कायम नै रहेको भन्दै समितिले बीमितहरुको सुविधाको लागि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x