Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशपत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने

पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने


देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् । पत्रकारले तथ्यमा आधारित रही समाचार लेख्नुपर्नेमा उनले जोड दिए ।

उनले पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारीको आह्वान गरे । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन गर्दै उनले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गरेको हो । “सरकार सच्चिन चाहन्छ । कमीकमजोरी सच्याएर अगाडि बढने भएका कारण तथ्यमा आधारित भएर आलोचना गर्नुस्”, उनले भने ।

मुख्यमन्त्री आचार्यले आफ्नो नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको बताए । राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाले वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुलखर्च नियन्त्रण गर्न आचारसंहिता बनाइएको स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । “पत्रकारितामा नयाँ आयाम थपिएको छ । विश्वसनीय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ”, उनले भने, “समाज रुपान्तरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासङ्घका संस्थापक टीकाराम रेग्मीलगायतले समाजलाई सही दिशा प्रदान गर्न मिडियाको भूमिका महत्वपूर्ण रहने धारणा राखेका थिए ।


क्याटेगोरी : समाचार, लुम्न्बिनी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x