काठमाडौं । दशैँ, तिहार र छठलगायतका चाडबाड नजिकिएसँगै सरकारी निकायहरू यसको व्यवस्थापनमा जुटेका छन् । मुलुकका विभिन्न स्थानमा सुपथ पसल सञ्चालन र काठमाडौं छाडेर घर फर्किनेका लागि सवारीसाधनको व्यवस्थापन व्यवस्थित गर्ने भएको छ ।
नेपाल साल्ट ट्रेडिङ, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)को संयोजनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी छ । सरकारले देशभर ४२ वटा सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । चाडबाडमा नागरिकहरूलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको सहजताको लागि सुपथ पसल सञ्चालन गर्न लागिएको वाणिज्य मन्त्री दामोदर भण्डारीले बताए । मन्त्री भण्डारीले चामल, पिठो, गेडागुडी, तेलहन र चिनीलगायतका सामग्री सहजरूपमा उपभोक्ताले प्राप्त गरुन् भन्ने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गर्न लागिएको बताएका छन् ।
यता खाद्यले दशैँका लागि एक हजार पाँचवटा खसीबोका र तीन सयवटा च्याङ्ग्र्रा ल्याउने भएको छ । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसीबोका तथा च्याङ्ग्रा ल्याउने निश्चित भएकोे तर बिक्रीमूल्यको विषयमा निर्णय भईनसकेको तथा बजारको भन्दा सहुलियत मूल्य राखिने सुवेदीले जानकारी दिइन् । च्याङ्ग्रा मुस्ताङबाट तथा खसीबोका हेटौँडा, दाङलगायतका ठाउँबाट ल्याइने बताइएको छ ।
गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो छ सय ७० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि भाउसमेत घटाइएको थियो । जसअनुसार खसीको मासुमा २० रुपैयाँ सहुलियत दिँदै छ सय ५० र च्याङ्ग्राको मासुमा २५ रुपैयाँ सहुलियत दिएर एक हजार दुई सय २५ रुपैयाँ कायम भएको थियो । यसैगरी गतवर्ष बोकाको भाउ पनि खसीकै बराबर थियो । यो वर्ष पनि मूल्य निर्धारण गर्दा खसी र बोका दुवैको भाउ उस्तै–उस्तै पर्नसक्ने बताइएको छ ।
कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्र्रा खरिदका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वर्ष भने गत वर्षको तुलनामा बजेट घटाइएको छ । अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्र्रा बिक्री नहुँदा ठूलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्र्राको परिमाण घटाइएको सुवेदीले बताइन् । कम्पनीले गत वर्ष दुई हजार वटा खसीबोका र पाँच सय ४२ वटा च्याङ्ग्र्रा ल्याएको थियो । जसका लागि आठ करोड रुपैयाँबराबर बजेट छुट्याइएको थियो ।
साल्ट ट्रेडिङले चाडबाडको लागि नुन र चिनीको अभाव नहुने बताएको छ । नुन, चिनीका साथै चामल, गेडगुडी तेललगायतका सामग्री बिक्री गर्दै आएको साल्टले चाडबाडमा सम्पूर्ण सामग्री सहुलियत मूल्यमा उपलब्ध गराउने बताएको छ । चामल, गेडगुडी, तेल, चिया र दाललगायतका सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । चाडबाडको समयमा दूध र दूधजन्य पदार्थको माग समेत बढ्ने हुँदा उक्त सामग्रीहरूको अभाव हुन नदिने र सहज उपलब्धता गराउने डीडीसीको तयारी छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका उपत्यकाबाहिरका मानिसहरू घर फर्किने हुँदा यातायात व्यवस्था विभागले सवारीसाधनको सहज व्यवस्थापनमा लाग्ने भएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले काठमाडौं उपत्यका छाड्न चाहेनका लागि असोज पहिलो सातादेखि सार्वजनिक सवारीसाधन टिकट बुकिङ खुला गर्ने तयारी गरेको बताए । हाल वर्षाको कारण सडकको अवस्था राम्रो नहुँदा केही समयपश्चात् टिकट बुकिङ खुला गर्ने तयारी रहेको उनको भनाइ छ ।
यातायात राष्ट्रिय व्यवसायी महासंघले पनि असोज पहिलो सातादेखि टिकट बुकिङ खुला गर्ने जानकारी दिएको छ । महासंघका अनुसार बाहिर जाने यात्रुको चाप अहिले दिनप्रतिदिन बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया