चाडबाडमा अनुगमन छाडेर वाणिज्यका महानिर्देशक र निर्देशक चीनमा
काठमाडौं । चाडबाडमा बजार अनुगमन गर्ने बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल र निर्देशक राकेश पाण्डे चीन भ्रमणमा गएका छन् । वाणिज्य विषयको छलफलमा भाग लिन महानिर्देशक पौडेल र निर्देशक पाण्डे चीन पुगेका हुन् । चाडपर्वको अवसर छोपेर व्यापारीहरुले कृत्रिम मूल्यवृद्धि गराउने र त्यसको नियन्त्रणका लागि वाणिज्य विभागले अनुगमनलाई तीव्र पार्नुपर्छ । अनुगमन गर्ने जिम्मेवारी लिएर बसेकाक पौडेल पाण्डे एकै पटक दुवै जना १०÷११ दिनका लागि चीन पुगेका हुन् ।
विभागका शाखा अधिकृत गायत्र श्रेष्ठले महानिर्देशक र निर्देशक नहुँदा पनि बजार अनुगमन, संस्था नवीकरणलगायतका कार्यक्रहरु नियमित भइरहेको बताए । बजार अनुगमनका लागि विभागमा जनशक्तिको अभाव रहेको छ भने अर्कोतर्फ बजार मूल्य, अखाद्य सामग्री, मिसावटलगायतका समस्याहरु रहेको अवस्थामा व्यवस्थापन गर्ने जिम्मेवारी रहेको महानिर्देशक र निर्देशक नहुँदा बजार प्रभावित हुने निश्चित छ । हरेक वर्ष दशैँ, तिहार र छठलगायतका चाडपर्वमा व्यापारीहरुले आफूखुशी भाउ बढाउने चलन हुँदा उपभोक्ता मारमा पर्ने निश्चित रहेको छ भने यसलाई नियन्त्रण गर्नु विभागको कर्तव्य समेत हो । पछिल्लो समय दशैँ, तिहार र छठ नजिकिएसँगै विभागले अनुगमन तीव्र बनाइएको समेत शाखा अधिकृत श्रेष्ठले बताए ।
दैनिक अनुगमनका लागि १० सदस्यीय टोली परिचालन गरिएको छ एक सदस्यीय टोलीमा तीनदेखि चार जना रहेको छन् । बजारलाई व्यवस्थित गर्नका लागि दशैँ, तिहार र छठको समयमा विभागले बजार अनुगमनलाई तीव्र बनाउने काम गर्छ । विशेषगरी चाडबाडमा बजारमा कृत्रिम मूल्य कायम गर्ने, भण्डारण गरेर राखेको सामग्रीको बेचबिखन गर्ने र मिसावटलगायतका समस्या देखिन्छ भने व्यापारीहरुले कृत्रिम रुपमा ती समस्याहरु सिर्जना गरेको पाइन्छ । व्यापारीहरुले चाडबाड अर्थात् दशैँ, तिहार र छठ नजकिएसँगै दैनिक उपभोग्य सामग्री, खाद्यन्न, लत्ताकपडालगायतका सामग्रीको मूल्य एकाएक वृद्धि गर्ने, मिति गुज्रेका सामग्रीहरुको बेचबेखन गर्ने, लेबलहरु फेर्नेलगायतका कामहरु गर्ने गरेको पाइन्छ, जसले गर्दा उपभोक्ताहरु मारमा पर्ने गरेको छन् । बजार नियन्त्रित नहुदाँ हरेक खाद्यन्न स्टोर, लत्ताकपडा स्टोर, जुत्ता चप्पल पसल, लिकर्स स्टोरलगायतका पसल तथा व्यापारस्थलहरुमा फरक–फरक मूल्यसूची रहेको पाउन सक्छौँ । अर्कोतर्फ बजारमा अखाद्य सामग्री, म्याद गुज्रेको सामग्रीहरु पनि पर्याप्त मात्रामा पाउने हुँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर पर्न सक्छ । संविधानले नै स्वच्छ र सुपथ मूल्यमा खाद्यन्न, जुस, लत्ताकपडालगायतका सामग्रीको उपभोग गर्न पाउने उपभोक्ताको अधिकार सुनिश्चित गरे पनि तीनै तहको सरकार अर्थात् संघ, प्रदेश र स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्न नसक्दा उपभोक्ताहरु मारमा परेको अधिकारकर्मीहरु बताउँछन् । बजार अनुगमनका लागि चाडबाड मात्र नभई अन्य समयमा समेत गरी उपभोक्ता अधिकारको सुनिश्चित गर्नुपर्ने उनीहरुको भनाइ छ ।
चाडबाडमा उपभोक्ता ठगीमा नपरुन्, अखाद्य सामग्रीहरुको बिक्रीवितरण नहोस् भन्ने उद्देश्यका साथ विभागले अनुगमन गर्न लागेको भए पनि प्रभावकारी हुन नसक्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । बजार अनुगमन गर्नै आउँदैछु भनेर सार्वजनिक गरेर गरिने अनुगमनमा जाने प्रचलन विभागको ठीक नभएको र झन् अनुगमनका लागि पर्याप्त जनशक्ति नहुँदा उपभोक्ताहरु मारमा पर्ने निश्चित रहेको उनको भनाइ छ । ‘चाडबाडमा मात्र होइन विभागले सदैव बजार अनुगमन गरी बजार व्यवस्थित गर्नुपर्छ’, उनले भने, ‘जसबाट उपभोक्तालाई राहत मिल्छ ।’
‘चाडबाड नजिकिएसँगै व्यापारीहरु मूल्य वृद्धि गरेर उपभोक्ता अधिकार कुण्ठित गर्ने प्रयास हुन्छ त्यसमा विभागले कुनै काम गर्न सकेको देखिँदैन, कानुनी उपचार गर्न समेत सकेको देखिँदैन’, अधिकारकर्मी तिमल्सिनाले भने । उनले चिनी, केराउ र चामलको मूल्य पछिल्लो दिनमा बढेको समेत बताए । विभागले पछिल्लो सयम बजार अनुगमनलाई तीव्र बनाउने क्रममा खाद्य, गहना, लिकर्स, सौन्दर्यलगायतका पसलहरुमा चेकजाँच गरिरहेको छ । बजार अनुगमनका क्रममा आवश्यकताअनुरुप जरिबाना तिराउने, समान्य निर्देशन दिने, कागजातसहित विभागमा उपस्थित हुनेलगायतका कारबाही गरेको विभागका अधिकारीहरुले बताएका छन् । विभाग आफैँमा पर्याप्त जनशक्ति नहुँदा बजार अनुगमनका लागि महानगरपालिका, नगरपालिका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समेत सहयोग लिने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया