Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्रेडिट रेटिङपछि नेपालमा लगानी बढ्ने विश्वास

क्रेडिट रेटिङपछि नेपालमा लगानी बढ्ने विश्वास


काठमाडौं । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याङ्कन टोलीले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताए ।

साख मूल्याङ्कनका लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली नेपाल आएको छ । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायतका विषयमा चासो व्यक्त गरेका थिए ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x