Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक वर्षमा ४५ हजारले बढ्यो सुनको मूल्य

एक वर्षमा ४५ हजारले बढ्यो सुनको मूल्य


काठमाडौं । सुनको मूल्य एक वर्षयता लगातार बढ्दै गएको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षमा सुनको मूल्य प्रतितोला ४५ हजार एक सय रुपैयाँले बढेको छ । २०८० भदौ २८ गते सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ)ले ब्याजदर घटाउने प्रयास गरिरहेकाले विश्वबजारमा सुनको मूल्यमा गिरावट आएको छ । फेडले ब्याजदर घटाउँदा लगानीकर्ताले सुनमा लगानी गर्ने हुँदा बजारमा माग बढ्न गई मूल्य आकाशिन पुगेको हो । विश्वबजारमा देखिएको प्रभाव नेपाली बजारमा पनि देखिएको पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

सुनको मूल्य बढेकै कारण भने नेपाली बजारमा माग कम रहेको उनको भनाइ छ । ‘पछिल्लो चाडको रूपमा तीज आयो, तीजमा सुनको गहना बिक्रीवितरण बढ्ने गरेको थियो तर मूल्यका कारण बढ्न सकेन’, उनले भने, ‘दशैँ, तिहारलगायतका चाड आउँदै छन् यी चाडमा पनि सुनको माग बढ्छ तर यस वर्ष भने मूल्यका कारण बिक्रीवितरण अघिल्ला वर्षजसरी बढ्न सक्लाजस्तो लागेको छैन ।’

सरकारले नेपालको सुनबजारलाई व्यविस्थत बनाउनुपर्ने महासंघले बताउँदै आएको छ । सरकारले सुनबजारलाई व्यवस्थित गरेमा मूल्य परिवर्तन हुँदा पनि उपभोक्ता र व्यवसायी निराश हुन नपर्ने पूर्वअध्यक्ष शाक्यले बताए । दैनिक २० किलो उपलब्ध गराउने सरकारी व्यवस्थाले गर्दा बजार व्यवस्थित हुन नसकेको उनको भनाइ छ । बजारको मागअनुसार सरकारले सही ढङ्गबाट आएको सुनको उपलब्ध गराएमा सुनको भाउ आकाशिँदा लगानी गर्नुपर्ने अवस्थाबाट उपभोक्ता र व्यवसायी मुक्त हुने उनको भनाइ छ । सरकारले उपलब्ध गराएको सुनको परिमाणले नेपाली बजारलाई नधान्ने महासंघले बताउँदै आएको छ । यति हुदाँहुदै पनि बजारमा भने पर्याप्त सुन देखिन्छ तर कहाँबाट आयो कसरी आयो त्यसमा सरकारले चासो नदिँदा विवाद तथा समस्या देखिने गरेको व्यवसायीहरू बताउँछन् । पछिल्लो समय जर्ती र ज्यालाको विषयमा व्यवसायीहरू विभाजित भएका थिए ।

महासंघका अनुसार गत वर्षको भदौमा एक लाख ११ हजार रुपैयाँ आसपास रहँदा सबैभन्दा बढी मूल्य भने भदौ २४ मा रहेको थियो । भदौ २४ मा सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ थियो । २०८१ भदौ २ गते भने एक लाख ५२ हजार छ सय रुपैयाँ रहेको सुन प्रतितोला भने एक लाख ५२ हजार रुपैयाँ र ५३ हजार रुपैयाँ आसपास रहेको थियो । नेपालको सुनको बजार करिब एक खर्ब रुपैयाँबराबरको रहेको हुँदा यसलाई व्यवस्थित बनाउनुपर्ने महासंघको भनाइ छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीको संख्या बढ्दै जाँदा नेपाली सुनको गहना विदेशमा समेत निर्यात हुँदै आएको पूर्वअध्यक्ष गुरुङले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x