Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशतोदीदाजुभाइको कारोबार शंकास्पद !

तोदीदाजुभाइको कारोबार शंकास्पद !


विराटनगर। विराटनगर महानगरपालिकामा रहेका श्रीअजन्ता इलेक्ट्रिक इम्पेकस र अजन्ता लाइट्स एन्ड इलेक्ट्रिक सेन्टरका सञ्चालकले व्यापक राजस्व छलि गरेको पाइएको छ ।

दुवै व्यावसायिक प्रतिष्ठानहरू विराटनगरको हनुमानदास रोडमा रहेका छन् । अजन्ता लाइट्स एन्ड इलेक्ट्रिक सेन्टरका सञ्चालक नारायणप्रसाद तोदी रहेका छन् भने श्रीअजन्ता इलेक्ट्रिक इम्पेक्सको सञ्चालक दिलीप तोदी रहेका छन् । उनीहरू दाजुभाइ हुन् । उनै दुई दाजुभाइले आ–आफ्नो वार्षिक कारोबार अडिटरको सहयोगमा न्यून देखाएर राजस्व छली गरेको पाइएको छ । नारायण प्रसाद तोदीले सात करोड र दिलीप तोदीले वार्षिक तीन करोड ७२ लाखको मात्रै कारोबार देखाएका छन् । उनीहरूले वार्षिक व्यवसायको बिक्री विवरण अत्यन्तै न्यून देखाएर आयकरमा व्यापाक छली गरेको स्रोतको दाबी छ । दुवै व्यावसायिक प्रतिष्ठानहरू कम्प्युटर विलिङमा जानुपर्ने अवस्थाबाट जोगिनका लागि कारोबार रकम कम देखाएर ठगी गरेको जानकारहरू बताउँछन् ।

दुबै व्यावसायिक फर्मको अडिटरसहित आन्तरिक राजस्व कार्यालयका कर्मचारी समेत तोदी दाजुभाइको आर्थिक प्रलोभनमा परी उनीहरूको कारोबारलाई डाकछोप गर्न लागेको स्रोतले दाबी गरेको छ । केही वर्षदेखि सरकारबाट जीएसटी प्रणालीमार्फत सामानको आयात तथा निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही कारण ब्यवसायी तोदी दाजुुभाइले भारतबाट सामान भन्सार जाँचपास गर्दा गर्ने गरेको खेलोफड्को बन्द भएको थियो । हाल उनीहरू खुुला बोर्डरको फाइदा उठाउदै क्यारिङको साहाराले सामानहरू व्यावसायिक प्रतिष्ठानको गोदाममा पुर्याउने गरेका छन् ।

पछिल्लो समय भन्सारले ठेला र रिक्साबाट एक पटकमा पाँच लाख मूल्यभन्दा बढीको ल्याउन नपाउने प्रावधान राखेको छ । तर इलेक्ट्रिक व्यापारी तोदी दाजुभाइले सामान आयात गर्दा पटकपटक ठेला र रिक्साको प्रयोगबाट अत्यधिक सामान आयात गर्ने गरेका छन् । स्रोतका अनुसार तोदी दाजुभाइले वार्षिक ५० करोडभन्दा धेरैको कारोबार गर्ने गरेका छन् । तर नारायण प्रसाद तोदीले सात करोड र दिलीप तोदीले तीन करोड ७२ लाखको कारोवार मात्रै देखाएपछि उनीहरूको कारोबार नै शंकाको घेरमा परेको हो । अधिकांश इलेक्ट्रिक सामानको बिक्री गर्दा भ्याट बिल अनिवार्य दिनुपर्नेमा तोदीले बिलबिजक नै जारी नगरीकन सामानको बिक्री गर्ने गरेका कारण मूअ करमा व्यापक राजस्व छली भएको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x