Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपोखराको तीन सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

पोखराको तीन सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता


काठमाडौं । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्रभित्रको तीन सय ८९ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । व्यक्तिको नाममा दर्ता भएका सरकारी जग्गा, लामो समयसम्म कानुनीरूपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानबिनबाट प्राप्त र ब्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो । गत भदौं १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँग छलफल गरी अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन दिएका थिए । मन्त्रीको निर्देशनपछि सबै कानुनी आधार पूरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए ।

उनका अनुसार पोखरा महानगरपालिका वडा नं १ मा पीएन क्याम्पससँग साँध सिमाना जोडिएको दुई सय २२ रोपनी जग्गा, सोही वडाकै २५ रोपनी जग्गा, साविक छिनेडाँडा वडा नं ६ को क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानबिनबाट प्राप्त भएको छ रोपनी ११ आना क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी चार आना जग्गा नेपाल सरकारको नाममा आएको हो ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x