Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन

सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । एक्सचेन्जले आर्थिक वर्ष २०८१/८२को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले समयभित्रै बुझाउन भनेको हो ।

नेप्सेले सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८१÷८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले उक्त शुल्क बुझाउन बाँकी कम्पनीहरूले समयभित्रै बुझाउन भनेको हो ।

नेप्सेले सूचीकृत कम्पनीहरूको चुक्ता पुँजीको आधारमा नवीकरण शुल्क निर्धारण गर्दै आएको छ । ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ, ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले एक लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । म्युचुअल फन्डका हकमा यो शुल्क ५० प्रतिशत छुट गरिएको छ । डिबेन्चर, म्युचुअल फन्डको चुक्ता पुँजी ५० करोडसम्म भएकाले २५ हजार रुपैयाँ र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।

तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिबाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आफ्नो सूचीकरण नवीकरण गर्नुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x