Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम इन्धनको भाउ घट्यो

पेट्रोलियम इन्धनको भाउ घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज बिहान एक बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच/पाँच रुपैयाँका दरले घटाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य एक सय ५६ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको एक सय ४६ रुपैयाँ ५० पैसा तोकेको छ ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ४८ रुपैयाँ तोकेको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ४९ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४९ रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x