Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि


काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा सोमबार प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो । राससका अनुसार कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएका छन् ।

कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।

प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु. पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु. छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x