Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा

सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा


काठमाडौं । सैंबु खानेपानी तथा सफाइ उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँबर, धनश्याम थापामगर र नारायण थापा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा गंगादेवी खड्का, सुदर्शन कुँबर, भगवती थापा, लक्ष्मी केसी, सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन भए । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । कार्यक्रममा ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपूर्ति गरेर उत्कृष्ठ कार्य गरेको बताए । उनले वडाको चालू आवको बजेटमा आठ लाख रुपैयाँ अनुदान दिएको पनि जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x