काठमाडौं । यस आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा एक सय ७३ परियोजनाका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ६६ वटा परियोजनाका लागि तीन अर्ब ८३ करोड रुपैयाँ र साउनमा एक सय सात परियोजनाका लागि साढे नौ अर्बबराबरको लगानी प्रतिबद्धता आएको थियो ।
भदौ महिनामा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) क्षेत्रसहित चार अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । एसपीए तथा एसएसएका लागि ७ वटा परियोजनामार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
दुई महिनामा १२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यसरी आएको लगानी प्रतिबद्धताबाट उद्योग सञ्चालनमा आउँदा चार सय ८५ जनाले रोजगारी पाउनेछन् ।
विभागले साउनमा तीन सय २३ जना र भदौमा एक सय ६२ जनाले रोजगारी पाउने गरी वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
विभागले नेपालमा वैदेशिक लगानी स्वीकृत गर्न थालेदेखि अहिलेसम्म पाँच खर्ब ३२ अर्ब ९९ करोड ४६ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता छ हजार पाँच सय ५५ वटा परियोजनका लागि आएको हो । यो सबै लगानी तीन लाख ३४ हजार छ सय २४ जनाले रोजगारी पाउने गरी आएको हो ।
तर, नेपालमा जति वैदेशिक लगानी प्रतिबद्धता आउँछ त्योअनुसार लगानी भित्रिएको भने पाइँदैन । विभागका अधिकारीहरूले लगानी प्रतिबद्धता आउने भए पनि विभिन्न कारण लगानी भित्रिन नसकेको बताउने गरेका छन् । सरकारले पनि वैदेशिक लगानी भित्र्याउन कानुनी सुधार गरिरहेको छ । विभिन्न समयमा लगानी सम्मेलन गरी नेपालमा लगानी गर्न सकिने सम्भावनाका परियोजना सोकेस पनि गर्दै आएको छ । यसपछि प्रतिबद्धता आउने तर लगानी नआउने प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ । पर्यटनमा सबैभन्दा धेरै प्रतिबद्धता
गएको दुई महिनामा नेपालमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका परियोजनामा आएको छ । नेपालमा प्रतिबद्धता भएका उद्योगमध्ये ७१ दशमलव ७३ प्रतिशत पर्यटन क्षेत्रका छन् । पर्यटन उद्योगमा कुल लगानी प्रतिबद्धतामध्ये ६९ प्रतिशत प्रतिबद्धता आएको छ । त्यसपछि सेवा क्षेत्रमा धेरै प्रतिबद्धता आएको छ । विभागका कुल प्रतिबद्धता आएको उद्योगमध्ये १५ दशमलव १६ प्रतिशत सेवा क्षेत्रका उद्योग छन् । जसमा कुल लगानी प्रतिबद्धता आएको लगानीमध्ये २१ प्रतिशत प्रतिबद्धता आएको छ ।
लाभांश वितरण: नेपालमा वैदेशिक लगानी स्वीकृत हुँदै जाँदा लगानीकर्ताले आफूले लगानी गरेको उद्योगबाट प्राप्त लाभांश आफ्नो देश लैजाने गरेका छन् । यस आर्थिक वर्षको साउन र भदौमा मात्रै विदेशी लगानीकर्ताले छ करोड ४० लाख ४२ हजार चार सय ५८ रुपैयाँबराबर लाभांश लगेका छन् । गत आर्थिक वर्षको साउन र भदौमा २५ करोड सात लाख नौ हजार छ सय एक रुपैयाँ लाभांश लगेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया