Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक वर्षमा बोनस सेयर मात्रै ३२ अर्ब बढीको सूचीकृत

एक वर्षमा बोनस सेयर मात्रै ३२ अर्ब बढीको सूचीकृत


काठमाडौं, असार १८
नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको सेयर पछिल्लो समय बढेको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षको झण्डै १२ महिनाको अवधिमा ३२ अर्ब ३८ करोड ४० लाख ३६ हजार ७३ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । यस अवधिमा सबै किसिकमका गरी ७८ वटा कम्पनीहरुको ३२ करोड ३८ लाख ४० हजार तीन सय ६० दशमलव ७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बोर्डका अनुसार २०७६ साउन सात गते देखि २०७७ जेठ २२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाईड्रो पावर कम्पनी, बीमा, लघुवित्त समेतका गरी उक्त परिमाणमा बोनस सेयर सूचीकृत भएको हो ।

चालू आवको पछिल्लो अवधिमा नेपाल बैंकको एक अर्ब ४७ करोड १६ लाख ७२ हजार दुई सय रुपैयाँबराबरको एक करोड ४७ लाख १६ हजार सात सय २२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सिन्धु विकास बैंकको पनि पाँच करोड ७४ लाख २८ हजार छ सय रुपैयाँबराबरको पाँच लाख ७४ हजार दुई सय ८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी पछिल्लो पटक नेपाल इन्भेष्टमेन्ट बैंक्को पनि एक अर्ब ३७ करोड ९२ लाख पाँच हजार चार सय रुपैयाँबराबरको एक करोड ३७ लाख ९२ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

धितोपत्र बोर्डका अनुसार पछिल्लो समयमा सिर्जना फाइनान्सको पनि ११ करोड पाँच लाख ८७ हजार छ सय ८० रुपैयाँबराबरको ११ लाख पाँच हजार आठ सय ७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने एनएमबी बैंकको दुई अर्ब ४२ करोड १२ लाख ४५ हजार सात सय ४९ रुपैयाँबराबरको दुई करोड ४२ लाख १२ हजार चार सय ५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्राइम कमर्सियल बैंकको पनि पछिल्लो समयमा एक अर्ब ५४ करोड ९८ लाख ९६ हजार दुई सय ७२ रुपैयाँबराबरको एक करोड ५४ लाख ९८ हजार नौ सय ७२ कित्ता सेयर सूचीकृत हुँदा लुम्बिनी विकास बैंकको पनि १२ करोड ९३ लाख ४८ हजार एक सय ७८ रुपैयाँबराबरको १२ लाख ९३ हजार चार सय ८१ दशमलव ७८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी पछिल्लो समय नेपाल एग्रो लघुवित्त वित्तीय संथाको पनि ७४ लाख ६६ हजार छ सय ७० रुपैयाँबराबरको ७४ हजार छ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी जानकी फाइनान्सको १० करोड ८२ लाख ७० हजार आठ सय ६६ रुपैयाँबराबरको १० लाख ८२ हजलार सात सय आठ दशमलव ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल एसबिआई बैंकको पनि ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँबराबरको ५० लाख ६९ हजार पाँच सय ५० दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ प्रतिशतको अनुपातमा ११ करोड ६३ लाख ४६ हजार नौ सय ४६ रुपैयाँबराबरको ११ लाख ६३ हजार हजार चार सय ६९ दशमलव ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशतको अनुपातमा १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यही पुस १० गते नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि दुई दशमलव ५० प्रतिशतको अनुपातमा सात करोड ५१ लाख ८६ हजार १३ रुपैयाँबराबरको सात लाख ५१ हजार आठ सय ६० दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । क्षेत्रियस्तरको पूर्णिमा विकास बैंकको पाँच प्रतिशतको अनुपातमा दुई करोड ६२ लाख ५१ हजार छ सय रुपैयाँबराबरको दुई लाख ६२ हजार पाँच सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नागवेली लघुवित्त वित्तीय संस्थाको पनि नौ दशमलव ३८ प्रतिशतको अनुपातमा एक करोड ४३ लाख आठ हजार रुपैैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । दाहालका अनुसार देव विकास बैंकको भने यसअवधिमा पाँच दशमलव ५० प्रतिशतको अनुपातमा १३ करोड ९३ लाख ५२ हजार चार सय १९ रुपैयाँ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालू आवको पछिल्लो अवधिमा १२ प्रतिशतको अनुपातमा १३ करोड ६८ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको पनि पछिल्लो अवधिमा ८४ प्रतिशतको दरमा ४९ करोड पाँच लाख ६० हजार रुपैैयाँ बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि यसअवधिमा २५ प्रतिशतको अनुपातमा एक अर्ब नौ करोड ९२ लाख ३२ हजार एक सय ६२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार वाणिज्य बैंकतर्फ भने सेञ्चुरी कमर्सियल बैंकको दुई प्रतिशतको अनुपाता १६ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि ४० दशमलव ५० प्रतिशतको अनुपातमा दुई करोड २२ लाख ७५ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

राधी जलविद्युत् कम्पनीको पनि दुई करोड २५ लाख ५२ हजार पाँच सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भने चालू आवको पछिल्लो अवधिमा १३ करोड ४० लाख ८१ हजार छ सय ५० रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको चार करोड ८६ लाख, रिलायन्स फाइनान्सको आठ करोड ९१ लाख ८७ हजार चार सय ३५, लुम्बिनी विकास बैंकको ३७ करोड ७१ लाख ९७ हजार दुई सय ३६, अपी पावर लिमिटेडको पाँच करोड ६७ लाख, प्राइम कमर्सियल बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेको इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको पनि बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x