Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न

प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न


काठमाडौँ,  मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड सबस्टेसन –जीआईएस)प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए १३२÷३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् ।
सबस्टेसनको निर्माण सम्पन्नगरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण भइसकेको छ ।

यस्तै, १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौताबमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिनेछ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दी खोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युत्लाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यमस्र्याङ्दी विद्युत् गृहको स्विचयार्डमा जोडिएको थियो ।

सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारणलाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्विचयार्डतर्फ विद्युत् प्रवाह गरिनेछ । त्यसपछि मध्यमस्र्याङ्दी–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीयरूपमा समेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारणलाइन आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ’, उनले भने, ‘उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजनगरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किमी प्रसारण लाइन निर्माणाधीन छ । यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटाटावरमध्ये ९० वटाको जग हालिएको छ ।

मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरागरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९ दशमलव ६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार दुई सय २५ रुख कटान गर्नुपर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)–खुदी–उदीपुर ४६ किलोमिटर प्रसारणलाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०÷१३२÷३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०÷१३२÷३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइनखण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । छ वटा टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ बराबर छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x