Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकासंस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि

संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि


बुटवल । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा नगरपालिका, रुपन्देही जिल्लामै सबैभन्दा धेरै अंक ल्याउने पालिका बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० सालको नतिजाअनुसार तिलोत्तमा नगरपालिका पहिलो भएको हो ।

जिल्लामा रहेका एक उपमहानगरपालिका, छ नगरपालिका र १० गाउँपालिकाहरूमध्ये सबैभन्दा धेरै अंक ९२ ल्याएर प्रथम हुन सफल भएको छ । नगरपालिकाले उक्त अंकमध्ये शासकीय प्रबन्धमा नौ, संगठन तथा प्रशासनमा छ दशमलव पाँच, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा आठ दशमलव ७५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा आठ दशमलव २५, सेवा प्रवाहमा १५ दशमलव २५, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२ दशमलव २५, सामाजिक समावेशीकरणमा दश, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा नौ, सहकार्य र समन्वयमा छ अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी जिल्लामा सबैभन्दा कम अंक मर्चवारी गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाले कुल ४२ दशमलव ७५ अंक ल्याएको छ । पालिकाले उक्त अंकमा शासकीय प्रबन्धमा छ, संगठन तथा प्रशासनमा चार दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा पाँच दशमलव २५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा पाँच दशमलव पाँच, सेवा प्रवाहमा सात दशमलव २५, न्यायिक कार्यसम्पादनमा तीन दशमलव पाँच, भौतिक पूर्वाधारमा एक दशमलव पाँच, सामाजिक समावेशीकरणमा चार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा दुई दशमलव पाँच, सहकार्य र समन्वयमा दुई दशमलव पाँच अंक ल्याएको छ ।

तिलोत्तमा नगरपालिकापछि रुपन्देहीमा दोस्रो नम्बरमा बुटवल उपमहानगरपालिका रहेको छ । बुटवल उपमहानगरपालिकाले कुल ८७ दशमलव ७५ अंक ल्याएर जिल्लामै दोस्रो हुन सफल भएको हो । बुटवलले शासकीय प्रबन्धमा आठ दशमलव पाँच, संगठन तथा प्रशासनमा सात दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा नौ दशमलव २५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा सात दशमलव ७५, सेवा प्रवाहमा १२ दशमलव ७५, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा दश, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा सात दशमलव ७५, सहकार्य र समन्वयमा छ अंक छ । तेस्रो नम्बरमा रहेको सिद्धार्थनगर नगरपालिकाले कुल ८३ दशमलव ५० अंक ल्याएको छ । यसैगरी सियारी गाउँपालिका रुपन्देही जिल्लाका दश वटा गाउँपालिकाहरूमा प्रथम हुनुको साथै १६ वटा पालिकाहरूमा ८२ दशमलव ५० अंक ल्याएर चौथो नम्बरमा पर्न सफल भएको छ ।

त्यस्तै, क्रमिकरूपमा सैनामैना नगरपालिकाले ८० दशमलव ५०, मायादेवी गाउँपालिकाले ८० दशमलव २५, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ७७ दशमलव २५, गैडहवा गाउँपालिकाले ७६ दशमलव २५, देवदह नगरपालिकाले ७२ दशमलव ७५, कञ्चन गाउँपालिकाले ७२ दशमलव ५०, सम्मरीमाई गाउँपालिकाले ७० दशमलव २५, ओमसतिया गाउँपालिकाले ६८ दशमलव ५०, शुद्धोधन गाउँपालिकाले ६५ दशमलव ५०, रोहिणी गाउँपालिका ५५ दशमलव २५, कोटहीमाई गाउँपालिका ४५ दशमलव ७५ अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाले देखाएको छ ।

गाउँपालिकानगरपालिकाहरूको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया तथा विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगेर्ना गराउने उद्देश्यले गुणस्तर परीक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिन्छ । छुट्याइएका दश वटा सूचकहरूमा स्थानीय तहले आफूले गरेको कार्यसम्पादनको आधारमा कागजपत्र मिलाएर आफैँ अंक दिई जिल्ला समन्वय समितिमा पठाउने गर्छन् । जिल्ला समन्वय समितिको अनुगमनपश्चात पालिकाको वास्तविक प्रगति र कागजपत्रको आधारमा पालिकाहरूले दिएको अंकलाई अन्तिमरूप दिएर नतिजा सार्वजनिक गर्ने गरिन्छ ।


क्याटेगोरी : समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x