Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशआर्थिककर्मी बस्नेत सम्मानित

आर्थिककर्मी बस्नेत सम्मानित


दोलखा । आर्थिक राष्ट्रिय दैनिकका दोलखा संवाददाता सुवास बस्नेत सम्मानित भएका छन् । दोलखामा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २८औँ वार्षिकोत्सब तथा २७औँ साधारणसभाको अवसरमा शनिवार बस्नेतलाई नगदसहित सम्मान गरेको हो ।

संस्थाले दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारितामार्फत सहकारी अभियानलाई सशक्त बनाउने, बचत संस्कृतिलाई प्रोत्साहन गर्ने तथा समुदायलाई आत्मनिर्भर बनाउने कार्यमा कलम चलाएको भन्दै सम्मान गरेको जनाएको छ । यस्तै, संस्थाका अध्यक्ष माधव दाहालको अध्यक्षतामा सम्पन्न सभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । संस्थाको अध्यक्षमा पुनः माधव दाहाल चयन भएका छन् । यस्तै, उपाध्यक्षमा गीताकृष्ण शर्मा, महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौलागाईं, सहसचिवमा मोहन कुमार खड्का र कोषाध्यक्षमा तोयानाथ दाहालसहित ११ जना सञ्चालक सदस्य सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी माधवप्रसाद दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत चयन गरिएको संस्थाका सचिव लक्ष्मण चौलागाईंले जानकारी दिए ।

२०५४ सालमा स्थापना भएको सहकारीले हालसम्म आइपुग्दा एक अर्व ३९ करोड पुँजी संकलन गर्न सफल भएको छ । साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनअनुसार सहकारीको कुल पुँजी एक अर्व ३९ करोड ६५ लाख रुपैयाँ, सदस्य सेयर पुँजी १० करोड ९६ लाख रुपैयाँ र बचत निक्षेप एक अर्व १० करोड ८० लाख रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x