Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर लगानीकर्ता अग्रवालविरुद्ध सीआईबीमा उजुरी

सेयर लगानीकर्ता अग्रवालविरुद्ध सीआईबीमा उजुरी


काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालविरुद्ध उजुरी परेको छ । अग्रवालले दोस्रो बजारबाट सेयर खरिद गरेको १६ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै सिप्ला सेक्युरिटिज कम्पनीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दर्ता गरेको हो ।

अग्रवालविरुद्ध हालेको मुद्दाको विषयमा ब्रोकर कम्पनी सिप्लाले नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालीगाउँलाई समेत बोधार्र्थको रुपमा उल्लेख गर्दै पत्र पठाएको छ ।

सिप्लाले पठाएको पत्रअनुसार हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको पत्रमा उल्लेख छ ।


क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x