Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीका भ्रष्टाचारीलाई जेल सजाय निर्धारण

मेलम्चीका भ्रष्टाचारीलाई जेल सजाय निर्धारण


काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । सोमबार सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो ।

अदालतले सजाय निर्धारण गर्दा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष रहेका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिबाना १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ निर्धारण गरेको छ ।

अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ जरिबाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ जरिबाना रहेको छ ।

अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेका कम्पनीमा ईपीआईआईएसए मतियार ठहर जरिबाना छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ रुपैयाँ रहेको छ । बीईटीएसलाई मतियार ठहर गर्दै जरिबाना दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रुपैयाँ गरेको छ भने सीएमसी डी राभेनालाई २६ करोड ११ लाख छ हजार नौ सय ९१ रुपैयाँ जरिबाना गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० फागुन ६ गते विशेषमा उक्त प्रकरणमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x