Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशैँको अग्रिम टिकट बुकिङ सुरु

दशैँको अग्रिम टिकट बुकिङ सुरु


काठमाडौ । दशैँका लागि लक्षित गरी शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ सुरु गरिएको हो ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन शनिबार बिहानैदेखि यात्रुको भीड लागेको थियो । शुक्रबारदेखि नै मुलुकको संघीय राजधानी काठमाडौंसहित देशभर अविरल वर्षासमेत भएकाले शनिबार बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका हुन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको हो ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाएको छ र तर पनि यात्रु भने टिकट काउन्टरमा नै उपस्थित भएर टिकट काटिरहेका छन् । हरेक वर्ष दशैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

यस्तै, शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको छ । शनिबार राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्न सकेनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x