फ्रान्सद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ । बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छिन् ।
शनिबार साँझ आफ्नै निवासमा नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ भनिन ।
आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गरेको छ ।
राजदूत कोर्टेभालले जेहेन्दार विद्यार्थीलाई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास व्यक्त गरिन् । सो अवसरमा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोनपे र कर्मचारी सञ्चय कोषको साझेदारी
- हुलास फिनसर्भ हायर पर्चेज र एनएमबी क्यापिटलबीच सम्झौता
- सलिकोले चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम
- नेपाल एसबीआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता
- एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिप घोषणा
- कुमारी बैंकको दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा
- सिद्धार्थ बैंकको दशैँ विशेष योजना
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकहरूलाई छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया