एकजुट भएर विपद् प्रतिकार्यमा लाग्न अध्यक्ष दाहालको आह्वान
काठमाडौँ, । केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेका छन् ।
आइतबार प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको बताएका छन् ।
तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताए ।
अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युत्लगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनःसञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
दसैँ, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन पूर्वप्रधानमन्त्री दाहालले सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले बेपत्ता नगारिकको खोजी, बिस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिएका छन् । उनले विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँए ।
अध्यक्ष दाहालले बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गत विहीबारदेखिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
- पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने
- चिनियाँ वस्तुमा कर वृद्धिको परिणाम नराम्रो हुने चेतावनी
- भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
- धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा निगम सम्मानित
- इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई–स्कुटर प्रदान
- स्वस्थानी यातायातको काठमाडौँ–पोखरा सुपर एसी बस सञ्चालनमा
- शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया