भूमि व्यवस्थामन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग कार्यसम्पादन सम्झौता गरेका छन् । गत भदौ २७ गते मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए । सोही सम्झौताको आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम बनाउन मन्त्री अधिकारी र सचिवबीच बुधबार सम्झौता भएको हो ।
यो आर्थिक वर्षभित्र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण क्षेत्रका ६० वटा महत्वपूर्ण कामहरू सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ । मन्त्रालय मातहतका सहसचिव र विभागीय प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामूहिक प्रयासबाट सम्भव हुने भएकाले आ–आफ्नो तहबाट जिम्मेवार, पारदर्शी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरू बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाइ छ ।
सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै विषय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै भूमि आयोग गठन गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरू क्रमिकरूपमा समाधान गर्ने र गरिबी निवारणका क्षेत्रमा आशा जगाउने गरी काम गर्ने सचिव पोख्रेलले बताए । सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरू कार्यान्वयनमा लैजानका लागि सम्बन्धित महाशाखा र विभागसँग पनि आफूले कार्यसम्पादन सम्झौता गरी निरन्तर पहलकदमी लिने प्रतिबद्धता पनि जनाए ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया