Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशतनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै

तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै


दमौली (तनहुँ) । सडक निर्माण भएको २५ वर्षपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

उक्त पुलको बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले शिलान्यास गरेका हुन् । पुलका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । उक्त मन्त्रालयका अनुसार ७४।२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।

यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन ६५ लाख विनियोजन गरेको जानकारी दिए ।

उक्त भवन गण्डकी प्रदेशलाई सङ्घीय सरकार मन्त्रिपरिषद् बैठकले हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकारमा आएको थियो । प्रदेश सरकारले सामाजिक विकास कार्यालयको भवन नभएकाले सो भवन उक्त कार्यालयलाई हस्तान्तर गरिने छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x