Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरदैलोमै ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

घरदैलोमै ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको जानकारी दिए ।

“वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पुर्याउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ” उनले भने । सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् ।

नगरपालिकाको कार्यक्रम अनुसार वयोवृद्ध ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार सेवा घरदैलोमा पुगेर उपलब्ध गराउने, प्रत्येक तीन तीन महिनामा यस्तो उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x